गजलमा पिंगल छन्द

मिलन नाबिक

छन्दको मूल ग्रन्थ छन्दःसूत्रम् (छन्दशास्त्र) हो | आचार्य पिंगल मुनिले अनुमानित ई.पु.४०० - ई.पु. २०० मा यसको रचना गरेका हुन्। त्यस पछि पनि छन्दको बिषयमा थुप्रै किताबहरु लेखिए पनि पिंगल कै नामबाट छन्दलाई पिंगल छन्द पनि भन्ने गरिन्छ।  

नेपाली साहित्यमा छन्दको प्रयोग निकै पहिले देखि प्रयोग भएको हो । शार्दुल बिक्रिडित छन्दमा रहेको "एक दिन नारद सत्य लोक पुगि गया" भन्ने आदिकविबाट लिखित रामायणमा भएको श्लोक नेपाली जिब्रोमा पहिले देखि नै बसेको हो। नेपाली गजलमा पनि बहर संग सँगै यदा कदा छन्दको प्रयोग देखिन्छ |  

छन्द दुई प्रकारका हुन्छन : बर्णिक र मात्रिक। मात्रिक छन्दले प्रत्येक लाईनमा हुने मात्राको कुल संख्यामा ध्यान दिन्छ। बर्णिक छन्दले मात्राको संख्याको साथ साथै कुन क्रममा ह्रश्व वा दिर्घ लेख्ने त्यो पनि ध्यान दिन्छ । नेपाली साहित्यमा बार्णिक छन्दको बढी प्रयोग भएको देखिन्छ।  

सामान्यतया तिन वटा बर्ण मिलेर गण बन्छ । गण/बर्णहरु जोडेर बर्णिक छन्द बन्छ । 

यमाताराजभानसलगा
यगण - यमाता 122
मगण - मातारा 222
तगण - ताराज 221
रगण - राजभा 212
जगण - जभान 121
भगण - भानस 211
नगण - नसल 111
सगण - सलगा 112


मात्रा कसरि गणना गर्ने ? 

ह्रश्व, लघु 1,।:अ, उ, इ, ऋ, कँ (चन्द्रबिन्दु), कृ 
11 कर कृप
111 प्रकृति
112 गँगटा

दिर्घ, गुरु, 2, ऽ: आ ऊ ई - ए, ऐ, ओ, औ, अं (अनुसार, शीरबिन्दु ), अः (विसर्ग) 
2 तै जी गी ले का ए रा कं
22 रोऍं मात्रा आफैँ आधी भन्दा प्रात: कक्षा पत्नी कन्या
21 कंश रक्ष दु:ख

(1) पहिलो अक्षर आधी छ भने त्यसलाई मात्रामा जोडीदैन
क्या - आधि क को हिसाब हुदैन, या गुरु (2) हो

(2) आधि अक्षरको मात्राको अगाडिकोलाई दिर्घ मानिन्छ।
बन्द = ब (२), द (१)

* क्र / कर्म / हलन्त भन्दा अगाडीको गुरु हुन्छ
21 - बक्र, कर्म
221 - राजन्
121 - प्रसाद

* संयुक्त व्यंजन (श्र क्ष त्र ज्ञ) भन्दा अगाडीको गुरु (2) 
21 - कक्ष 

(3) लगातार २ टा आधि छ भने त्यो दुइटाको एक हुन्छ।
मत्स्य = म (१) त्स् (१) य (१)

* छन्दमा पाउ (चार लाईनको ) अन्तिम अक्षर ह्रश्व भएपनि दिर्घ मान्न सकिन्छ |

*गजलमा ध्वनीलाई महत्व दिईन्छ भने छन्दमा अक्षरलाई।  जस्तो “रहर” को मात्रा गजलमा गणना गर्दा “र” को १ र “हर” को २ हुन्छ। यसैलाई छन्दमा र-ह-र छुट्टा छुट्टै १११ गणना गरिन्छ।  छन्द मा “र” लाई आधि अक्षरको रुपमा गणना गर्ने हो भने हलन्त दिनु पर्छ। 

*भुजंगप्रयात (१२ बर्ण): चार ओटा यगण मिलेर यो छन्द बन्छ । बहरमा यसै लाई "मुतकारिब मुसम्मन सालिम" बहर भनिन्छ ।    

122,122,122,122

* स्रग्विणी (१२ वर्ण): चार वटा रगण मिलेर यो छन्द बन्छ। यो छन्द बहरको "मुतदारिक मुसम्मन सालिम" सँग मिल्छ।  
212,212,212,212

*माधवमालती (१६ बर्ण): चार वोटा २१२२ मिलेर यो छन्द बन्छ।  यो छन्द बहरको बहरे रमल सँग मिल्छ । 
2122,2122,2122,2122


द्रुतविलम्बित (12 वर्ण) 111,211,211,212
* वंशस्थ (12 वर्ण) 121, 221, 121, 212
* तोटक (12 वर्ण) 112,112,112,112

शालिनी (११ बर्ण ): ऽऽऽ,ऽऽ।,ऽऽ।,ऽऽ
* इन्द्रवज्रा (११ बर्ण ): ऽऽ।,ऽऽ।,।ऽ।,ऽऽ

* मालिनी  (१५ बर्ण ): 111,111,222,122,122
मन्दाक्रान्ता (17 वर्ण, चौथो , दशौँ र सत्रौँ अक्षरमा विश्राम।):222,211,111,221,221,22
शिखरिणी (17 वर्ण): 122,222,111,112,211,12
* शार्दूलविक्रीडित (१९ बर्ण , ७ र १२ मा यति): ऽऽऽ, ।।ऽ, ।ऽ।, ।।ऽ, ऽऽ।, ऽऽ।,ऽ 
* स्त्रग्धरा (21 वर्ण, ७ र १७ मा बिश्राम ) : 222,212,211,111,122