लोकलय/ अन्य

* लोकलयमा गजललेखन  (सारांश)  - घनेन्द्र ओझा

 नेपाली साहित्यमा धेरै मात्रामा प्रयोग हुने लोकलय मूलतः दुईओटा छन्: झ्याउरे  सवाइ 

 

झ्याउरे लय (3+2/3+2/3+3=16 मात्रा 

- नेपाली गजलकारले धेरै मात्रामा गजल लेखेका

शास्त्रीय छन्दमा जस्तो अक्षर सङ्ख्या ह्रस्व/दिर्घको कडा नियम यसमा हुँदैन

अक्षर सङ्ख्याकोआधारमा नभएर उच्चार्य वर्णमा सङ्ख्याको आधारमा मात्रा गनिने

  

हिमाली, हावा/ बग्दै छ, किन/ नौलो त्यो, मातमा

किन हो, कुन्नि/ रुँदै छ, कोही/ जुनेली, रातमा 

ललिजन रावल

 

सवाई (4/4/4/2= 14 मात्रा)

-झ्याउरेपछि अत्यधिक प्रयोग हुने लोकलय सवाई हो | 


तिमीलाई/जिताउन/हार्न मन/लाग्यो

आफूलाई/अन्त कतै/र्सार्न मन/लाग्यो 

मनु ब्राजाकी



* स्वनिर्मित लय 

- गजलकारले स्वनिर्मित नै भए पनि कुनै लयको सिर्जना गरेर गजललयबद्ध बनाउन सक्छ |

स्वनिर्मित लय पनि दुईप्रकारले निर्माण हुन्छ: सममात्रिक  आक्षरिक

 

** उच्चार्य सममात्रिक लय 

-सवाई वा झ्याउरेलयमा झैँ उच्चारणको आधारमा वर्णमाङ्ख्या निर्धारण हुने हुँदायसलाई आक्षरिक नभएर सममात्रिक (समान मात्रा हुने) लयभनिएको हो | 

-उच्चार्य सममात्रिक लय आक्षरिक लयभन्दा राम्रो मानिन्छ

-यस लयमा लेख्नेहरूले ६ मात्रादेखि १८ मात्रासम्मका गजललेखेका पाइन्छ । भने सामान्यतया १२, १४ र १६ मात्रामा लेख्नु राम्रो मानिन्छ ।

- नेपाली गजलको पुनर्जागरणयताका धेरैजसोगजलकारले यही सममात्रिक लयमा गजल लेख्दै आएका छन् |


-- १६ मात्राको उच्चार्य सममात्रिक लय 

माया भन्ने त्रि्रो नासो जब मैले मासिदिएँ

एकपटक रोएँ अनि आँसु पुछी हाँसिदिएँ 

मनु ब्राजाकी  (4/4/4/4)

 

-- १४मात्राको उच्चार्य सममात्रिक लय 

(१६ मात्राको लयपछि नेपाली गजलमा अत्यधिक प्रयोग हुने लय १४ मात्राको लय हो | सवाई जस्तै भएपनि यो लयमा सवाईमा भन्दा थोरै लचकता हुन्छ । सबाईमा  ४/४/४/२ मात्रा हुनु पर्छ भने यसमा जसरि भए नि  समग्रमा १४ मात्रा हुनु पर्छ ।)

 

भत्केको /मेरो मनको/आकाश/आजभोलि

देखिँदैन/मनमा कतै/प्रकाश/आजभोलि 

दीपसागर पन्त 'प्यासी' (4/4/2/4)

 

-- बिजोर मात्रामा लयबद्ध गजललेखन

-बिजोर मात्रामा जस्तो: १११३  १५ मात्रामा पनि लयबद्ध गजल लेख्न सकिन्छ 

-बिजोरमात्रामा गजल लेख्दा बिजोर मात्राको शब्दलाई अन्त्यमा राख्नु राम्रोहुन्छ । यदि बीचमा बिजोर मात्राको अक्षर राखिन्छ भने तलका हरेकमिसरामा बिजोर मात्रा भएको स्थानमा बिजोर मात्राकै शब्द राख्नु पर्दछ । 


बेहोसीमै ढलिरहेँ तिम्रो गल्लीमा

जिन्दगी नै छलिरहेँ तिम्रो गल्लीमा  

बुद्धिसागर चपाइँ (१३ मात्रामा लेखिएको गजल)

 

** आक्षरिक लय


- अक्षर सङ्ख्यालाई आधार मानेर पनि लयबद्ध गजल लेख्न सकिन्छ। प्राय ६ अक्षर देखि २० अक्षर सम्मका गजल लेखिएको पाइन्छ ।

- आक्षरिक लयमा अक्षर सङ्ख्यालाई आधार मान्दा पूर्ण अक्षरको प्रयोग गर्नु राम्रो हुन्छ ।

- हलन्त लागेका वा जोडिएर आएका अक्षरको प्रयोगले यस्तो लयमा अवरोध सिर्जना गर्ने सम्भावना प्रबल हुन्छ । 


हिजो थियो जो उही रात नै 

अल्छी गर्यो कि कहीँ घामले नै  

बूँद राना (११ अक्षरको आक्षरिक लय)

 

बिर्सन  खोज्दछु सम्झना झन् आउँछ

जहाँजहाँ तिमी छौ त्यतै मन धाउँछ  

माधव खतिवडा (१४ अक्षरको आक्षरिक लय)