नमिसाउनु भनेको थिए धत के मिसायौँ ?
भन कर्ममा पसिना वा रगत के मिसायौँ ?
कसैले नदेख्ने गरि माया गर्छु भन्छौं ?
मायामा धोका वा नफरत के मिसायौँ ?
न त भुल्न सकेको छु न पाए तिमीलाई ?
प्रिय नसा जस्तै नशामा आदत के मिसायौँ ?
यसरी किन ठुलो रुप लियो तिम्रो घृणाले ?
झिल्को भयो आगोमा परिणत, के मिसायौँ ?
~ गणेश साउद अछामी ~
Ganesh Saud Aachhami
मुम्बई