ओ हो लजाउनु त त्यसरी पो लजाउनु अनि पो लजाए जस्तो
गाला यस्ता हुन्थे आफ्नै मुटु निचोरेर लगाए जस्तो
साथमा लस्कर गला भरि माला अनि निधार भरि अबिर त छ
बिजयको नाद कहाँ र बाले काँध थपथपाए जस्तो
उनको शर्त सहित आएको प्रस्ताब स्वीकारे सी यस्तो लाग्यो
जस्तो शिर सुम्पेर पाएको तक्मा छाती भरि लगाए जस्तो
~ अनन्त लम्साल ~
Ananta Lamsal