टिका खड्का 'राष्ट्रप्रेमी'

हेर्नुस घाम र झरी सहेका ढुंगा 

यिनै त हुन् जिन्दगि बुझेका ढुंगा 


ए दुनियाँ भो हल्ला नगर तँ यसरि 

बिँउझिन सक्छन मस्त सुतेका ढुंगा 


भेटेका ढुंगा देउता बनाएँ 

पर्खाल बनाउँदैछु किनेका ढुंगा 


किनारा लागेका जति त देश मै छन् 

कुन देश पुगे कुन्नि बगेका ढुंगा 


बाटो मै थाकेर बसेका रैछन 

बिशाल दुनियाँ हेर्न हिनेका ढुंगा 


कसरि मानौं ढुंगा सबै कठोर छन् 

हर ठाउँ देखिन्छन फुटेका ढुंगा 


~ टिका खड्का राष्ट्रप्रेमी ~ 

Tika Khadka 'Rastrapremi