शारदा सजल

हजार बार सम्झना पुर्याईदेन बनचरी 

अमुल्य प्यार सम्झना पुर्याईदेन बनचरी


सदैब गर्छ बन्दना झुकेर प्राण मुर्तिमा 

छ एक यार सम्झना पुर्याईदेन बनचरी


नझर्छ ओईलने छ त्यो सदैब फुल्छ मस्किदै 

सदाबहार सम्झना पुर्याईदेन बनचरी


हजार फुल बागका गुलाब बिम्ब झल्किने 

र पुष्प हार सम्झना पुर्याईदेन बनचरी 


~ शारदा सजल ~

Sarada Sajal