बैगुनी छ मनमा राख्छौ अझै कति
दुर भैसक्यो डाक्छौ अझै कति
आसमान पर्नु पर्दैन जाल मा
चुक्छ त्यो निशाना ताक्छौ अझै कति
दिन्छ चोट मात्रै मायाँ छ भन्दछौ
गर्छ भुल उसले ढाक्छौ अझै कति
~ राधा कँडेल ~
Radha Kadel