रबिका भण्डारी

बिहानी शीतका थोपा बनि झर्ने कहानी छ 

सँधै चिसा परेली यी र त्यै भिज्ने सिरानी छ 


बगाई आँसुका धारा यहि माटो भिजाएर 

लगाएँ प्रित को बाली बटुल्दा त्यै खरानी छ 


प्रभाती सुर्यका लाली कहाँ पुग्छन र झुप्रामा 

सबै आशा निराशामा बदल्ने यो बिहानी छ 


तिमि भन्छौ नाखएरै सँधै बाँच्ने हरु हुन् यी 

यहि सुन्दर युगौं चल्ने कठै यो जिन्दगानी छ 


~ रबिका भण्डारी ~

Rabika Bhandari