पदम गौतम

हिड्छ मान्छे घाम खोज्दै, भेट्छ तारा जिन्दगीमा 
निभ्छ तारा झार्छ मान्छे, अश्रुधारा जिन्दगीमा

भाग्छ मान्छे भ्रान्ति भित्र, जिन्दगी यो चक्र ठान्दै 
भ्रान्ति लाई प्यार गर्दै खान्छ चारा जिन्दगीमा

भाग्छ मान्छे बाट मान्छे, पुग्छु भन्दै दुर देश 
साथ राखी प्यार गर्दै, दस्छ तारा जिन्दगीमा

~ पदम गौतम ~
Padam Gautam