हर कोही यहाँ कसैको गुणगानमा छ !
अरे के छ त्यस्तो जो यो सम्मानमा छ !
शंकाहरू निर्धक्क आराममा होलान्,
विश्वासको भरोसा चै अनुमानमा छ !
खै कुन साइतमा सुरु गरिएछ कथा,
यौटा कहानी अझैसम्म उठानमा छ !
यौटा भूल जो शंकाको सुविधामा छ ,
यौटा क्षमा अझैसम्म आव्हानमा छ !
शंकाको सुविधामा बाँचेकाहरूसंग,
नवीन सधैं भरोसाको अनुमानमा छ !
~ नबिन घिमिरे ~
Nabin Ghimire