बाँधु भन्छु फेर समाई, अन्तै भाग्छ जिन्दगी यो
आफु दिन्छ थोरै तर, धेरै माग्छ जिन्दगी यो
तालमेल नमिलेको, यन्त्र जस्तो भएको छ
निशाना म अन्तै ताक्छु, घुँडा ताक्छ जिन्दगी यो
सम्झनालाई थोरै पल, बिर्सन लाइ सिंगो युग
जे बिर्सुं म भन्छु त्यहि, सम्झाई राख्छ जिन्दगी यो
~ केशब शर्मा ~
Keshab Sharma