करुण थापा

जति चले तीर सबै यहि छातीले छेक्दै आएँ 

एउटा फूल टिप्नलाई सयौं काँडा टेक्दै आएँ 


तिम्रो मायाँ अमृत भन्दा कम्ति कहाँ रहेछ र 

जति जति घाऊ लाग्यो त्यै मायाँले सेक्दै आएँ 


तिमीलाई धेरै मायाँ गर्छु म त भन्थें तर 

बाटो भरि तिम्रो लागी मर्नेहरु देख्दै आएँ 


~ करुण थापा ~  

Karun Thapa