निशाना कलेजी मै लगाई तिमि भाग्यौ
र ऐया मरें भन्नै नपाई तिमि भाग्यौ
कतिन्जेल दियो बन्दै म बल्थें मझेरीमा
बतासै बनि आयौ निभाई तिमि भाग्यौ
म स्निग्ध आँखामा हराएँ डुबें भन्थ्यौ
अचम्मै इनै आँखा छलाई तिमि भाग्यौ
अहंको घडा उस्तो कि तिम्रो कला यस्तो
रिसायौ र यो ऐना फुटाई तिमि भाग्यौ
~ जीत कार्की ~
Jeet Karki