बूँद राना

निराशा न कुण्ठा न त्रासमा छु 

म नेपाल फेरिन्छ यो आसमा छु 


म जस्तो ज्याद्रो यहाँको छ होला 

छु जिउँदो सँधै कालको गाँसमा छु 


गरि बन्द आँखा चियाउ  त देख्छौ 

म हरदम तिमीले लिने सासमा छु 


नभई हुन्न पक्कै नयाँ हुन्छ सृष्ठी

म त सिर्जनाको मधुमासमा छु  


~ बूँद राना ~

Boond Rana