बलराम दाहाल

अहो दिब्य दाना छ बालाहरुमा 

संगेल्दै छु डोका र डाला हरुमा 


झरेका थिए ति सयौं पुष्प गुच्छा 

बटुल्दै बुनेको छु माला हरुमा 


थियो शान्त एकान्त सारा उजालो 

दियो बल्न छोडेछ पाला हरुमा 


हिजो सम्म राम्रै थियो आज भोलि 

बढ्यो भेद गोरा र काला हरुमा 


कहाँ बग्नु पानी सुके छन् मुहान 

बगेको त हावा छ नाला हरुमा 


सयौं माग राखी गरे बन्द ढोका 

खिया मात्र लागेछ ताला हरुमा  


~ बलराम दाहाल ~

Balram Dahal