अस्मिता पौडेल

लाग्छ सिध्याउन कै लागि मनमा आएजस्तो

प्रेम जस्तो बनेर तरवार गर्धनमा  आएजस्तो


जे देखाइन्छ त्यो नहुन सक्छ भ्रममा नपर्नुस 

जस्तो सामान हुँदैन विज्ञापनमा आएजस्तो


मुटुभरी माया थियो हेर्दै नहेरी टाढा भईन 

सोचिन होला शिकारी वनमा आएजस्तो


झस्केर ऐना हेर्ने बनाउँछ्न सपनाले पनि 

देख्छु तेजाब पनि मेरै वदनमा आएजस्तो


कुराकानी छोटिदैँ जाँदा लम्बिदै गए यादहरु 

क्षणिक बनेनन्  जोगि आँगनमा आए जस्तो


~ अस्मिता पौडेल ~

Asmita Paudel