अन्जान यात्री

न मृत्युलाई अंगाल्न सक्छु, न आफुलाई सम्हाल्न सक्छु 

गुलाफ जस्ता छन् याद मनमा, न राख्न सक्छु न फ्याल्न सक्छु 


सियो बनेर पसेको मान्छे, के होला फाली बनेर जाँदा 

हृदय विदारक मुटुको घाउ, न हेर्न सक्छु न टाल्न सक्छु 


खुसिको आँशु बहेको हेर्ने, रहर हरुमा रुँदैछ आँखा 

म आफुलाई बगर बनाई, नदी र सागर नियाल्न सक्छु 


हजार आँखाहरु हुँदा हुन्, प्रिय ति तिम्रा सफर हरुमा 

तिमि मेरी हौ यो कल्पना मै, म सारा जीवन छिचोल्न सक्छु 


~ अन्जान यात्री ~

Anjan Yatri