अम्बिका भट्टराई अनुरागी

टाँक छैन बुझ्नु होस् कपडामा टाँकघर छैन 

यी भोकाहरुको खानु बाहेक अरु रहर छैन 


प्रिय तिमि यो शहर छोडेर गए देखि 

आँखा ओभानो छैन गुलाबी अधर छैन 


त्यो मेरै बहिनिको शब हो म कसरि बताउँ 

शरीरमा चोली छैन घाँघर छैन 


डिग्री सकाएर छोरो मुग्लान लाग्यो 

बाउलाई रातमा निन्द्रा छैन दिनमा जाँगर छैन 


न सम्झनु भन्नु पनि सम्झिने बहाना हो 

थाहा छ तिमिलाई नसम्झेको मसँग कुनै प्रहर छैन  


~ अम्बिका भट्टराई अनुरागी ~

Ambika Anuragi Bhattarai