तिमि आँसु गाना गबेलीहरुमा
बग्यौ छलकिंदै परेलीहरुमा
यही झुपडीमा म बस्ने छु एक्लै
तिमि हाँस्नु आफ्ना हवेलीहरुमा
तिमि साथ छोडेर टाढा गएनी
बस्यौ सम्झनाका तरेलीहरुमा
भयो छोड चिन्ता म ओइलेर के भो
तिमि फुल्नु बेली चमेलीहरुमा
~ सुरेश सुबेदी ~
Suresh Subedi
~ अनाम मण्डली ~
Anam Mandali