मिलन नाबिक

यो यात्रा हो बाटाहरु, सोधिंदै खोजिंदै जान्छन 
जोडिने जोडिंदै जान्छन, छोडिने छोडिंदै जान्छन

दुश्मनले कसैलाई, हाम्रो भेद सुनाएर पठायो 
थोरै माया देखाए पुग्छ, मिलनहरु पोखिदै जान्छन 

लाग्छ उनको अनुहार मै पनि एउटा स्पिड ब्रेकर छ 
जो जो जान्छन छेउ बाट, सबै रोकिदै जान्छन 


~ मिलन लम्साल 'नाबिक' ~ 
Milan Lamsal Nabik