जनक रसिक

उज्यालोमा उज्यालो नै छरेको कत्ति मिल्दैन 

यी फूलले फूल कै चर्चा गरको कत्ति मिल्दैन 


नशामा जिन्दगी काट्छु नशामै रम्छु भन्दैथ्यौ 

अलिक प्याला बहुत पानी भरेको कत्ति मिल्दैन 


नदी हरदम बगेकै छ हावा हरदम चलेकै छ 

तिमीले बन्द छन् बाटा भनेको कत्ति मिल्दैन 


~ जनक रसिक ~

Janak Rasik

धनगडी