ए जिन्दगी तिमि पिर नगर त्यसरी हुँदैन
यो बादलले पनि आकाशलाई नछोडी हुँदैन
तिमि म भित्र छौ भन्नु मिथ्या हो भ्रम हो
ऐनाको भित्र पट्टि को हुन्छ कोई हुँदैन
हजुरको धर्म काट्नु हो काट्न नछोड्नु
हाम्रो गर्धन थाप्ने बानि छ नथापि हुँदैन
चुडाल्नु पर्ने त दाम्लो हो बाँचेरै चुडालिन्छ
तिमीले चाहे जस्तो आजादी मरे पनि हुँदैन
~ हुकुम धड्कन ~
Hukum Dhadkan