गणेश भट्ट अणु

जस हुँदो हो अपजस हुँदो हो 

त्यसैले यति धेरै बहस हुँदो हो 


हर बिदा मा बच्चा ले यस्तो ठान्छ 

आज पनि कुनै बिबश हुँदो हो 


भट्टीमा परेर पो बोतल भयो 

पुजा कोठामा परे कलश हुँदो हो 


छोटो समय मै तिमि मेरी भयौ 

अरु पनि यस्तै उपबस हुँदो हो 


 ~ गणेश भट्ट अणु ~

Ganesh Bhatta Anu