साहुजी नुन मसला तेल कम कम राखी दिनुस
घरमा बच्चाहरु छन् सिसा कलम राखी दिनुस
दुख देखे मात्र पनि उसले दुख बुझ्नेछ
उसको अगाडी दुखको अल्बम राखी दिनुस
मेरो देश छैन भनेर युवाहरु बरालिए
तेरो देश छँदै छ भनेर यहाँ भ्रम राखी दिनुस
भगवान छन् भने देखि भगवानलाई भन्नु छ
गरिबको झुपडीमा पनि कदम राखी दिनुस
***
कुनै ग्यारेन्टी छैन यो बिरामी अस्पताल पुग्छ
एम्बुलेन्स भन्दा अगाडी दौडेर काल पुग्छ
लोग्ने स्वास्नी को झगडामा पुगेको त ठिकै हो
घाट जस्तो पवित्र ठाउँ मा पनि दलाल पुग्छ
***
~ बाबु त्रिपाठी ~
Babu Tripthi