सिंगारी पटारी सबेरै सबेरै
कहाँको सवारी सबेरै सबेरै
निशाना बनाई छ ताक्दै मलाई
अरे यो शिकारी सबेरै सबेरै
मिठो चाहनाको सँधै फुक्छ शंख
हरे यो पुजारी सबेरै सबेरै
न कोहि छ देख्ने न कोहि छ सुन्ने
नयनका जुवारी सबेरै सबेरै
तिमि टोक्न थाल्यौ नरम ओठ आफ्नै
बनाई सुपारी सबेरै सबेरै
Shital Kadambini