सानु थपलिया

फूलको कर्तब्य हो फुल्छ हिलोमा पनि भिरमा पनि 

बाँकी उसको भाग्य सजिन्छ पाउमा पनि शिरमा पनि 


तिमि हजार कि नोट थियौ महंगा महंगा ठाउँमा मात्रै रह्यौ 

म सिक्का थिएँ ठाउँ पाएँ चिहानमा पनि मन्दिरमा पनि 


त्यहि सानो कुराले तिमीलाई जिन्दगि भर दुर लग्यो म बाट 

बहुत तागत हुँदो रहेछ नाथे एक धर्के अबिरमा पनि 


~ सानु थपलिया ~

Sanu Thapaliya

बिर्तामोड, झापा

हाल: कतार