रुपक बनबासी

सकिएन यो समस्याको हल पत्ता लगाउन 

आमाको छातीको क्षेत्रफल पत्ता लगाउन 

सिकेको छ मेरो घरमा गाई बस्तुले पनि 

आमा को आइ जाई चहल पहल पत्ता लगाउन 

असमर्थ रह्यो विद्वान भनाउँदो छोरो 

बर्णमाला नबुझ्ने आमाको अक्कल पत्ता लगाउन 

यी आज आफै अभिभावक हुनु पर्यो 

आफु माथि गरेको मलजल पत्ता लगाउन 

रुपक बनबासी (Rupak Banwasi)