दुईटा डुंगामा दुईटा खुट्टाले उभिनु पर्छ
यसरि पनि समयको चित्त बुझाई दिनु पर्छ
बृद्दाश्रम जाँदा काँडा टिप्दै गईन आमा
सोची हुन् छोरा ले यहि बाटो फर्किनु पर्छ
सँधै आँखामा बस्न पाए आँसु बनि दिन्थें
मलाई सम्झेर रुन्छौ मैले पोखिनु पर्छ
यहि सम्झेर मैले फुल भनिन तिमीलाई
जीवनमा हरेक फूलहरुले ओईलिनु पर्छ
~ लक्ष्मण प्रसाद उपाध्याय 'संगम' ~
Laxman Prasad Upadhyaya Sangam