खगेन्द्र अटल

चिया बाँकी नै रह्यो चिया बोटमा अझै 

रगत निर्यात हुन्छ एयरपोर्टमा अझै 


सम्झिँदा मन पोल्छ निन्द्रा लाग्दैन मलाई 

बहिनि निदाउछे गाउँको छाउ गोठमा अझै 


भयङ्कर हुनु भनेकै अस्तित्वमा रहनु रैछ 

कमिलो छैन हात्ती छ हजारको नोटमा अझै 


~ खगेन्द्र प्रसाद आचार्य अटल ~

Khagendra Prasad Acharya 'Atal'