ईश्वर दाहाल

तिमि भन्छौ अन्जुली भित्रै सिंगो सागर चाहिन्छ 

यार सपना पनि आफ्नो हैसियत बराबर चाहिन्छ 


म उडेको नजिक बाट देख्नलाई मात्र भए पनि 

मेरा गोडा काट्ने हरुलाई अग्लो घर चाहिन्छ 


मुस्किलले भेटिएकी हौ तिमि घृणा नै गरि राख्नु 

एउटा दुश्मन त मलाई पनि जिन्दगी भर चाहिन्छ 




जिन्दगी चलाउँछु भनेर मात्र एकनास पुग्दैन 

हिजो हजारमा खेलियो आज पचास पुग्दैन 


दुश्मनी लिनु अघि आफ्नो धरातल हेर्नु पर्थ्यो 

ढुंगा पहलमानले हिर्काएर आकाश पुग्दैन 


हर रात आश्रय दिनु पर्छ आश्रमहरुले जस्तो 

साँच्चै तिम्रो यादलाई तिम्रै घरमा बास पुग्दैन ?


हामी उसैलाई तुफान सम्झिएर डराई रहेछौं 

जसको बेलुन फुलाउने समेत सास पुग्दैन 


~ ईश्वर दाहाल ~

Ishwor Dahal

पाख्रिबास, धनकुटा