यो भिंडलाई हाम्रो कहानी भन्न मन थियो
चल्छ तिम्रो मात्र मनोमानी भन्न मन थियो
उपाहार दिएकै जुत्ताले छातीमा कुल्चेको सहें
भन्न त यो छाती तिम्रो सिरानी भन्न मन थियो
म ढलेको बाटो हुँदै तिमि आउनु दुर्भाग्य हो
अरु कोहि आएको भए पानि भन्न मन थियो
फुल दिए पछि फुल जस्तै छौ भनेर फर्किएँ
फूल जस्तै ओइलीन्छ जवानी भन्न मन थियो
इन्द्र लम्साल (Indra Lamsal)