बिपिन किरण

 नबिर्सेँ तिमीलाई न पाएँ तिमीलाई 

बिना अर्थ दिलमा सजाएँ तिमीलाई

त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई

आयौ समिपै जब तिमी निदरीमा
यो हलचल यो धड्कन सुनाएँ तिमीलाई

रमाएँ एकैछिन पछि आँसु झर्‍यो
अनि आँसु पुछ्दै पठाएँ तिमीलाई

भयो आश रित्तो र यो मन निराश भो
अनि बेहोशी मै कराएँ तिमीलाई

अनायासै मेरो दुख्यो जिन्दगीमा
परेली भिजाई बगाएँ तिमीलाई

बिपिन किरण (Bipin Kiran)

- रचना: बिपिन किरण, स्वर:  अन्जु पन्त/ जगदीश समाल, संगीत: महेश खड्का