बसन्त ओली बसन्ती

हाँसो म बाट खोसी पिडा फरार हुन्छ 

यस्तै भएर यो दिल जहिल्यै बिमार हुन्छ 

एउटा जवान ढल्दा सब सकिए नसोच्नु 

यो बीर को मुलुक हो अर्को तयार हुन्छ 

वर्षा गरि नजरको दिल भित्र पस्न सक्छौ 

एकै छिटा ले मेरो रातो मुहार हुन्छ 

बर्षौं पछाडी आयौ किरिया बसेको बेला 

तन  ले नछोए के भो आँखा ले प्यार हुन्छ 

बदनाम गर्नु पहिले एउटा उपाय सोचे 

बन्दि बनाए मात्र छोरो कुमार हुन्छ 

गोर्खे को खुन छ मेरो पुरै नशा नशा मा 

गिद्दे नजर ले हेर्ने उल्टै शिकार हुन्छ 

छाला निकाल मेरो आमा को सल बनाउ 

टुक्रा बचे नफाल्नु बा को ईजार हुन्छ 


~ बसन्त ओली बसन्ती ~

Basanta Oli Basanti


छायाँदेवी–चेतनाथ गजल पुरस्कार: २०७८ (वसन्त ओली वसन्ती – बोई)